दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अहिले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) लागू गर्ने प्रयास गरिरहेको छ । सेवा प्रदायकहरूलाई नियमन गर्न, ग्राहकको संख्या र व्यवसायको दायर बढेपनि वर्षेनी घटिरहेको मुनाफा चेकजाँच गर्न तथा ग्राहकले भोग्नु परेको अनावश्यक झन्झट र गठी नियन्त्रण गर्न भन्दै प्राधिकरणले यो प्रविधि लागू गर्न खोजिएको छ ।
तर नेपाल टेलिकम र एनसेललगायतका सेवा प्रदायकले भने टेरामक्स प्रविधिमार्फत सेवाग्राहीको गोपनीयतामा पहुँच राख्न खोजिएको भन्दै यो प्रणाली लागू गर्न अस्वीकार गर्दै आएका छन् । हामीले वास्तवमा टेरामक्स के हो ? यो किन आवश्यक छ ? किन विवादित बनिरहेको छ ? भन्ने विषयमा केन्द्रीत रहेर दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, खनालसँग गरिएको कुराकानीको सम्पादित अंशः–
टेरामक्स प्रणालीको प्रयोजन र खास उद्देश्य के हो ? प्रष्ट्याइदिनुस् न ।
वास्तवमा टेरामक्स प्रविधिको उद्देश्यभ भनेको टेलिकम्युनकेशन सिस्टमभित्रका मनिटरिङ गर्ने, यो भने अहिले हामीले दिएको जिम्मेवारी अनुरुप सेवाप्रदायकहरूले उपभोक्ताबाट लिएका शुल्क ठिकसँग लिएको छ की छैन र नेटवर्क म्यानेजिकङ गर्ने, यो भने कुन कुन ठाउँमा नेटवर्कहरू बन्द भा’छ ? कुन कुन टावरहरू सञ्चालन छन् की छैनन् ती कुराहरू हेर्ने र राजस्व सुनिश्चित गर्ने । जस्तो विदेशका आएका कलहरू अथवा यहाँबाट गएका कलहरूमा राज्यले पाउनुपर्ने पैसा पूरा पायो कि पाएन भने भल्युममा चेकजाँच गर्ने । अर्को शब्दामा भन्दा राज्यको भन्सार जस्तै हो । भन्सारले नियमअनुसार मान आको छन् कि नियमबाहिर आएका छन् ? कर तिरेर आएका छन् कि कर नतिरी भित्राइएका छन् ? त्यसलाई हेर्ने प्रणाली हो यो चाहिँ ।
उपाभोक्ताका गोपनीयतामा पहुँच राख्न, भ्वाइस ट्यापिङ गर्नलगायतका प्रयोजनका लागि यो टेरामक्स प्रणाली कार्यान्वयनमा ल्याउन खोजिएको भनेरसेवा प्रदायकले भनिरहेका छन् । यसमा कतिको सत्यता छ ?
सबै गलत कुरा हुन् यी । गलत कुरालाई लिएर प्रोभोग गर्न खोजिया छ । विशेषतः टेलिकम सेक्टरमा पछिल्लो समय ठूलो आर्थिक स्खलन देखिएको छ । हरेक वर्ष २५ देखि ३० अर्बसम्म आम्दानी घटिरहको छ सेवा प्रदायकहरूको । यो के कारणले भइरहेको छ भनेर कारण पत्ता लगाउन खोजिएको हो । यसो हुँदा त सेवा प्रदायकलाई सपोर्ट हुने हो नि । कहाँ कमजोरी रहेछ ? कहाँ सुधार गर्नुपर्ने रहेछ ?
अथवा गल्ती कमजोरी कसेले गर्नुभएको रहेछ भने त कारबाही पनि हुने भयो । अन्यथा देशको नियामक निकायले देशको टेलिकम सेक्टरलाई चुस्तदुरुस्त राख्को लागि सिस्टममा के छ ? तिम्रो गविधि हामी हेर्छौं भन्दाखेरी यसलाई कुप्रचार गरेर हेर्न नदिने भन्या त अहिलेसम्म हाम्रो जति आम्दानी घट्या छ हामी सञ्चालन घाटामा गएपनि, हामी डुबेपनि तिमीहरूलाई मत्लब छैन भन्या जस्तो गैरजिम्मेवारपूर्ण हिसाबले प्रोभोक गरिएको छ । यसले भोलि नेपालको टेलिकम सेक्टर पूरै धरासायी हुन सक्छ ।
दूरसञ्चार क्षेत्र भ्वाइसबाट डेटामा गइरहेको सन्दर्भमा घट्दो अवस्थामा रहेको भ्वाइस ट्राफिक अनुगमनका लागि साँच्चिकै यो प्रविधि आवश्यकताको थियो त ?
यस्तो हो, तपाईंले हेर्नुभयो भने मानौं तपाईंलाई राज्यले कुनै व्यवसाय गर्न अनुमति दिएको छ । त्यहाँ चाहिँ राज्य आएर कस्तो सामान उपभोक्तालाई दिइराछौ ? मूल्य के छ ? गुणस्तर कस्तो ? भनेर राज्यले हेर्न त पाउनुप¥यो नि । यदि त्यसरी राज्यले हेर्नै पाउँदैनस् भनियो भने व्यवसायीहरूले बजारमा एकाधिकार जमाउन खोज्या, गैरजिम्मेवार भा र राज्यप्रति गैरजिम्मेवार भएको अवस्था हुन्छ । सशंकित भन्ने कुरै होइन मात्र जिम्मेवारी पुरा नगर्या भन्छु म यसलाई ।
यो प्रणालीमा कोही कसैको गोपनीयतामा पहुँच राख्ने, भ्वाइस ट्यापिङ गर्ने कुनै उपकरण नै छैन भनेर नियामक निकायले भनेको छ । भन्दाभन्दै फेरि संसारका कुनै पनि नियामक निकाय कसैको गोपनीयताविरुद्ध जाँदैन यो कुरा पनि उहाँहरूलाई थाहा छ । त्यो ट्यापिङ गर्नुको त एउटा प्रयोजन हुन्छ नि । अपराधिक गतिविधिमा प्रहरीलाई दिने कि, फेरि ती निकाय हामीसँग आवद्ध नै हुँदैन । तिनीहरू अदालतको आदेशबाट सिधै सेवाप्रदायककहाँ जान्छन् । खासमा यसबारे कुप्रचार गरिएकाले संशय पैदा गरेको छ ।
दूरसञ्चार क्षेत्र भ्वाइसबाट डेटामा गइरहेको सन्दर्भमा घट्दो अवस्थामा रहेको भ्वाइस ट्राफिक अनुगमनका लागि साँच्चिकै यो प्रविधि आवश्यकताको थियो त ?
कराडौंलाई नागरिकलाई सेवा दिएको विषय त्यसमा अब पनि राज्यले आईसीटी प्रयोग नगरी हामी मनिटरिङ गर्छौं, हामी नागरिकलाई सुविधा दिन्छौं भन्नु अब सम्भव छैन । अब मेशिनबाट दिएको सेवा मनिटरिङ मेशिनबाटै हुन्छ । सिस्टमबाट दिइएको सेवाको मनिटरिङ सिस्टमबाटै गरियो भने मात्र यथार्थ थाहा हुन्छ ।
टेरामक्स प्रविधिको उपकरण भित्र्याउँदै तीन अर्बभन्दा बढी लगानी भइसकेको छ । यसलाई कुनै बहनामा दद्द गर्ने कि कुनै उपाय लगाएर कार्यान्वयन नै गर्ने भन्ने प्रश्न छ । यस्तोमा तपाईंले देख्नुभएका समाधान चाहिँ के हो ?
पहिलो कुरा यो प्रोजेक्ट कस्ट तीन अर्बभन्दा केही बढी हो । तर अहिलेसम्म पेमेन्ट भएका करिब ५० करोड हाराहारी मात्र छ । सिस्टम राखेपछि सिस्टम राखेको माइलस्टोनको आधारमा अरु पेमेन्ट हुँदै जाने हो ।
अर्को प्रत्येक वर्ष सभा खर्ब अनुगमन गर्नलाई चाहिने मेकानिजम हो यो । यो प्रयोग हुन्छ नै । प्रयोग नहुने भन्ने कुरै छैन । हामी सेवाप्रदायकका स्पष्ट देखिएको संशय हो भने हामी हटाउन सक्छौं । यसमा पव्लिक डिवेट गरे भयो । टेक्निकल अडिट गरे भयो । जुनसुकै चेकजाँच गरे भयो । हामी तयार छौं । तर लागू गर्न दिन्नौं भन्ने कुरामा चाहिँ हामी राजी छैनौं । नेपालमा लाइसेन्स लिने, सेवा सञ्चालन गर्ने अनि उतापट्टि नियामक र सरकारको राजस्वप्रति पनि जिम्मेवार नहुनु भन्या सेवा सञ्चालन गर्न इच्छु छैन भन्या जस्तो हो सिस्टम लागू गरेरै छाड्छौं ।
प्रधानमन्त्री ज्यूले पनि टेरामक्स लागू नगर्ने भन्नुभाछ, कारण के होला ?
मेले मिडियाबाटै सनेको हो । तर प्रधानमन्त्री ज्यूलाई पनि यो ट्यापिङ गर्ने प्रविधि होइन भनेर स्पष्ट पार्न नसकिएको होला । उहाँलाई समयमा ब्रिफिङ चाहिँ नभएको भन्ने मलाई भा छ । हामीले यस्मा स्पष्ट पार्ने प्रयास गरिहेका छौं । त्यो किसिमको संशय हुने गरी, राज्य राज्यका संयन्त्रलाई नै गाह्रो हुने गरी नियामक निकायले काम गर्न सक्दैन । गर्या छैन र गर्दैन पनि । यसले चाहिँँ राज्यलाई झन् बलियो बनाउँछ ।
उपभोक्तालाई थप सुसूचित बनाउँछ । सेवा नपाएकालाई सेवा पाउने आधार तयार गर्छ । विकट ठाउँमा बस्नेलाई धुरीमा चढ्नुपर्ने, डाँडा जानुपर्ने, पटक पटक प्रयास गर्दा पनि फोन नलाग्ने, कुरा हुँदाहुँदै काटिने यसरी नागरिकहरू ठगिराखियाबेलामा यो नहोस् भन्नका लागि टेरामक्स प्रविधि हो । यी कुरामा राज्यप्रणाली र राजनीतिक नेतृत्वले सपोर्ट नगर्ने भन्ने हुनै सक्दैन ।
एनसेल, एनटीसीले टरामक्स प्रविधिलाई नचाहनुको कारण खासगरी केलाई मान्न सकिन्छ ?
अब उहाँहरू (एनसेल, एनटीसी)ले टेरामक्स प्रणाली कार्यान्वयन अस्वीकार गर्नुले के संशय पैदा गर्यो भने लाइसेन्स लिएदेखिका सबै राजस्व ठिक छ की छैन ? अब झन त्यहाँसम्म पुग्नुपर्ने अवस्था जबरजस्त सिर्जना गर्न खोजिरहनुभा छ । उहाँहरू उपभोक्ताप्रति पहिला पनि जिम्मेवार हुनुहुन्नथ्यो र अहिले पनि हुनुहुन्न भन्ने कुरा हामीले महसुस गरेका छौं । होइन भने उहाँहरूलाई हामीले राज्यको टेलिफोन सेवा विस्तार गर्ने, गुणस्तरीय सेवा दिने अनुमति दिएका हौं ।
तर यहीँ काठमाडौंको गल्लीमै उपभोक्ताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । यी नै कुरालाई परीक्षण गरेर हामी थप जिम्मेवार हुनुपर्ने भएको छ । थप पारदर्शी हुनुपर्यो । हिजोसम्म मोनोपली हिसाबले जुन सेवा दिँदै आथेँ त्यही हुन्छ । जुन सामान हो त्यही हुन्छ । अझ कमसल सामानलाई बढी पे गर्नुपर्छ भन्ने अवस्था आएपछि नियामक निकायले डण्डा चालउन लाग्यो भनेर उहाँहरू तर्सिनुभाके जस्तो लाग्छ मलाई । सेवाप्रदायकले गर्नुपर्ने ठाउँमा गरेको प्रतिरोध होइन यो ।
तर सेवाप्रदायकले त टेरामक्स उपभोक्ताको गोपनीयतामा पहुँच राख्ने प्रविधि नै हो । तर सेवाग्राहीको गोपनीयता कायम राख्नैपर्छ भनेर एकोहोरो रुपमै लागिपरेका देखिन्छन् । कसरी होला त टेरामक्स कार्यान्वयन ?
होइन यो उहाँहरूले छर्नुभएको भ्रम हो । यो चिरिहालिन्छ नि । भ्रम कति दिन टिक्छ र ? सत्य डग्दैन, झुटो क्दिैन भन्ने उखानै छ नि । त्यसकारण यो भ्रमलाई चिरेर टेरामक्स प्रविधिलाई पूर्ण रुपमा लागू गर्छौं । अब अझ हाम्रो ध्यान के मा आकर्षित भएको छ भने उहाँहरू (सेवाप्रदायक)ले बिनाअनुमति क–कसको डेटाहरू हेर्नुभाछ त्यसलाई हामी चेक गर्छौं । उहाँहरू कति पारदर्शी हुनुभा रहेछ भन्ने यसबाट थाहा हुन्छ । यसरी हामी उहाँहरूलाई थप जिम्मेवार बनाउँछौं ।
यसरी यहाँहरू लाग्दै गर्दा आन्तरिक तथा बाह्य दबाब चाहिँ कस्तो छ ?
दबाब भन्दा पनि मिसलिड गर्नेहरूको यहाँ कमि रहेनछ भन्ने र धेरै ठाउँमा कन्फ्युजन क्रियट गर्न चाहिँ धेरै सक्षम रहेछन् भन्ने कुरा मैले महसुस गरेको छ ।
त्यसकारण टेरामक्स प्रविधिलाई लिएर बजारमा जुन अफवाह फैलाइएको छ यो नितान्त गलत हो । यो भ्रममा नपरीदिन हुन सम्बन्धित सबैलाई म अनुरोध गर्न चाहन्छु । यस सम्बन्धमा नेपाल सरकारका एजेन्सीहरू र सेवाप्रदायकका प्रतिनिधि राखेर टक्निकल अडिट गर्न हामी तयार छौं । यसमा हामी विश्वस्त छौं हामीले खरिद नै नगरेको चिज कसरी आउँछ र ? यो मात्र सेवाप्रदायकलाई थप जिम्मेवार बनाउन ल्याइएको हो ।
उपभोक्ताका लागि टेरामक्सबारे कुन खास जानकारी वा अनुरोध छ ?
नियामकको तर्फबाट म आमउपभोक्तालाई भन्छु– तपाईंहरू सेवाप्रदायकले दिएका अहिलेको सेवाबाट सन्तुष्ट हुनुहुन्छ ? यदि तपाईंहरू पूर्ण सन्तुष्ट हुनुहन्छ भने त ठिकै छ । तर तपाईंहरू सन्तुष्ट हुनुहुन्न भने त्यसमा हामी पनि सन्तुष्ट छैनौं । त्यसमा कारण पत्ता लगाएर सेवाप्रदायकलाई थप जिम्मेवार बनाएर यसमा उपभोक्ताको अधिकार स्थापित गर्न खोजिएको भएर यो भ्रममा नपर्दिन हुन म आग्रह गर्दछु ।
एनसेल र एनटीसीविरुद्ध धेरै गम्भीर उजुरीहरू पनि छन् । तर ती उजुरीहरूमा प्राधिकरणले मात्र ५ लाखसम्म जरिवाना गराएर छाडेका उदाहरणहरू पनि हामीसँग प्रशस्त छन् । यी कारणले पनि प्राधिकरणसँग सेवाप्रदायकहरू नडराएको अवस्था हो ?
हामीले सभा अर्बसम्म क्षतिपूर्ति तिराएको निर्णय छ । हामीले निर्णय गरेपछि त्यसविरुद्ध अपिलका लागि जान पाउने व्यवस्था छ । त्यहाँबाट टुंगिएको छ भने बेग्लै कुरा हो । हामीले ५ लाखमै गम्भीर प्रकृतिका विषयमा उन्मुक्ति दिएका छैनौं । यसैगरी दूरसञ्चार ऐनको कमजोर दफालाई संशोधन गर्नुपर्छ भनेर पटकपटक प्राधिकरणले सरकारलाई सिफारिस गर्या छ । तर अहिलेसम्म ऐन संशोधन हुन नसकेको भएर पनि कतिपय अवस्थामा कम जरिवानामा छाडिएको हुन सक्छ ।
फाइभजी सेवाको विषयमा के छ तपाईंको धारणा ?
पहिलो कुरा त यी सेवाप्रदायकहरूलाई थप जिम्मेवार बनाउनुछ । यही फारजी सेवा राम्रो दिन नसकेकाहरूबाट फाइभजी सेवा सञ्चालन गर्न सक्छन् भनेर म विश्वास गर्न सक्दिन । पहिलो उहाँहरूलाई जिम्मेवार र सक्षम बनाउनुप¥यो । त्यसपछि फाइभजी सेवा सञ्चालन गर्न सक्षम देखिनुभयो भने मात्रै उहाँहरूलाई यसको अनुमति दिन सकिन्छ । अन्यथा हामीले अर्को विकल्प खोज्नुपर्ने हुनसक्छ ।
एनसेलले अझै सरकारलाई तिर्नुपर्ने पूरा नतिरहेको भनिएको छ । कहिले तिराउनुहुन्छ ?
वास्तवमा एनसेलले कर तिर्न बाँकी छैन । यसबारे अलि भ्रम छ । क्यापिटल गेनको ट्याक्सको जुन विषय थियो त्यो सर्वोच्च अदालतले निणर्य गरेपछि आफै अन्तर्राष्ट्रिय अदालतमा गएको थियो । त्यसपछि नेपालले जित्यो भनेपछि क्यापिटल गेन ट्याक्स नेपालले लिएको चाहिँ ठिक छ भन्ने कुरा प्रमाणित भा हो । भन्ने एनसेलले तिर्न बाँकी छैन । तिराकोमा विरोध भाथ्यो । अन्तर्राष्टि बोर्डमा गकोमा नेपालले जितेको हो । अथवा तिराको ठिकै हो भनिएको हो ।
तपाईंले के के याेजना लिएर आउनुभा थ्याे र कति कार्यान्वयन गर्नुभयो ?
थुप्रै समस्या अझै छ । तर धेरै सुधार भाछ । सडक नपुग्या ठाउँमा टेलिकम पुग्या छ । विकट गाउँका मानिसहरूले टेलिफोन सेवा लिन पाएका छन् । हिजो सदरमुकाम आएर एकदिन बसेर फोन डायल गर्नुपर्ने मान्छेले आज घरमै बसीबसी फोन गर्न पाएका छन् । हिजो आफूभन्दा टाढा रहेका आफ्ना छोरा नातीसँग कुरा गर्न नपाउनेहरूले आज भिडियो कुराकानी गर्न पाउनुभा छ, जसको अमूल्य योगदान छ ।
योजनाको हिसाबले मैले सुरुदेखि तार व्यवस्थापन गर्नुपर्छ भनेर पूर्वधार नियमावली संशोधनका लागि सरकारमा पठाएको थिएँ । पाँच लाखसम्म मात्र जरिवाना गर्ने प्रावधानलाई ५० करोडसम्म गर्न सक्नेगरी ऐन संशोधन गर्न पठाएको थिएँ । तर यी कुराहरू समयमै हुन नसक्दाखेरी यी कुरा लथालिङ्ग भएपनि अहिले करिब सबै नागरिकले टेलिफोन प्रयोग गर्न पाएका छन् । गुणस्तरको कुरामा हामीले सुधार गर्दै जानुपर्ने छ ।
पहिला एउटा इमेल डाउनलोड भयो मेरो भनेर खुशी मन्दै अर्को कोठामा गएर चियर्स गर्नुपर्ने अवस्थामा थियो भने अहिले मोवाइलमै एचडी भिभियो हेर्न पाइएको छ । हालसालै एउटा अध्ययनले दखाएको थियो–अष्ट्रेलियाभन्दा हामी अगाडि छौं । तसर्थ म दाबाका साथ भन्न चाहन्छु–सुधारउन्मुख छ । निरन्तर सुधार हुँदै गएको छ सबै कुरा । जिम्मेवार हुँदै आएका छन् सेवाप्रदायकहरू । यो क्रमिक रुप हो ।
भिडियाे हेर्नुहाेस्:–















प्रतिक्रिया