नेपाल प्रहरीभित्र आफ्नो बिवादित छवि बनाएकी प्रहरी उपरीक्षक गंगा पन्त फेरी पनि तीब्र बिवादमा आएकी छिन् । गत बिहिबार पर्सामा आन्तरिक झडपमा मारिएका नेकपा पर्साको बिन्दवासीनि गाउँपालिकाका नवनिर्वाचित सचिव मुकेश चौरसियाको शव ६ दिन बित्दा पनि उठाउँने बतावरण नबनाएपछि एसपी पन्त थप बदनाम बन्न थालेकी हुन् ।
मृतक मुकेशको परिवारले आफूहरुले न्याय पाउँनु पर्ने माग गर्दै प्रहरीमा जाहेरी दर्ता गर्न अनुनय बिनय गरिरहेका छन् । तर एसपी पन्तले जाहेरीमा दोशी किटान गरिएका नेकपा नेताहरुको नाम हटाउँन दबाब दिई रहेकी मात्र छैनन्, उनले जाहेरी दिए नराम्रो हुने धम्की समेत दिई रहेकी छिन् ।
यस भन्दा अगाडि समेत आफूमाथि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद रहेकोले आफ्नो विरोध गर्ने जोसुकैलाई ठिक पार्ने धम्की दिएर पर्साबासीलाई आतंकित पार्ने गरेकी पन्तले त्यही उदाहरण देखाएर चौरसियाको लाशमाथी खेलेको भन्दै आम नागरिकहरुबाट चर्को आलोचना भई रहेको छ । यस्तो आलोचनाको बावजुद पनि एसपी पन्त आनन्दले बसिरहेकी छिन् ।
एसपी पन्तले त्यहाँ जनतालाई आतंकित पार्न बोलेझैं अहिलेको घटनामा पनि मेल खाएको वीरगंजवासीहरुले बताउँन थालेका छन् । किन पनि भने मृतक चौरसिया पूर्व माओवादी अझ भनौं भने पूर्व मन्त्री मातृका यादव निकटका स्थानीय नेता हुन् । त्यसै गरी चौरसिया हत्याको योजनाकारका रुपमा जाहेरीमा नाम उल्लेख गरिएका नेता संविधानसभाका पूर्वसदस्य एवम् राजकुमार गुप्ता पूर्व एमाले एवम् प्रधानमन्त्री ओली निकट मानिन्छन् ।
एसपी पन्तले गुप्ताको नाम हटाएर ल्याए जाहेरी दर्ता गर्न आफू तयार रहेको बताउँने गरेकी छिन् । यस कारणले गर्दा पनि एसपी पन्तको बोली र व्यवहारमा मेल खाएको छ ।
के थियो घटना ?
पछिल्लो समयमा पार्टीको तल्ला कमिटीहरुमा एकताको सुरुवात गरेको सत्तारुढ नेकपाको उक्त गाउँपालिकामा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा चौरसिया गाउँपालिका सचिवमा निर्वाचित भएका थिए । सोही नव निर्वाचित कमिटिको सपथ ग्रहण कार्यक्रम बिहीबारलाई आयोजना गरिएकोमा गुप्ताको समूहले आफूहरुलाई नबोलाई एकतर्फी रुपमा सपथ कार्यक्रम राखेको भन्दै एक्कासी आक्रमण गरेको आरोप चौरसिया परिवारको छ ।
कार्यक्रम बिथोल्न आक्रमण हुँदा एक व्यक्तिले मुकेश चौसियाको टाउकोमा काठ बर्साएपछि टाउको फुटेर चौरसिया घटनास्थलमै ढल्न पुगे । गम्भीर घाईते भएका चौरसियालाई उद्धार गरेर वीरगन्जस्थित एसएल न्यूरो अस्पतालमा पुर्याईयो, तर अस्पतालले भोलीपल्ट ९ बजे मृत घोषणा गर्यो ।
मुकेशको मृत्यु भएपछि उनी पक्षधर कार्यकर्ता र उनका भाई महेश घटनामा संलग्नको आशंका गरिएका ११ जना नेता तथा कार्यकर्ताको नाममा किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पर्सा पुगे । उनीहरुले आफूहरु अन्यायमा परेको तब महसुश गरे जब पर्सा प्रहरी कार्यालय प्रमुख पन्तले जाहेरी नदिन दबाब दिईन् । ११ जनाको नामावलीभित्र राजकुमार गुप्ताको पनि नाम भएकोले उक्त नाम हटाएर अर्को जाहेरी ल्याए दर्ता गर्ने पन्तले अड्डी कसिन् ।
एसपी पन्तलाई दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहदेखि गृहमन्त्री राम बहादुर थापासम्मले मुद्धा लिएर अनुसन्धान गर्न निर्देशन दिई सकेका छन् । जिल्लाका नेकपा नेता कार्यकर्ताहरु बिगत ६ दिनदेखि दोषीलाई कारवाहीको माग गर्दै आन्दोलित छन् । काठमाडौंबाट प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस पार्टी कार्यालयदेखि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड सम्मले घटनाको छानविन गरेर दोषीलाई कारवाही गर्न निर्देशन दिएका छन् । तर एसपी पन्त २० को १९ भएकी छैनन् । बरु निर्दोशको नाम भएकोले उक्त नाम हटाए मात्र दर्ता गर्ने दुहाई दिई रहेकी छिन् ।
एसपी पन्तले पूर्व एमाले रहेका नेता गुप्ताबाट नाजायज फाईदा उठाएर आफ्नो दाईको हत्याराहरुलाई जोगाउँन खोजेको आरोप मृतकका भाई महेशले लगाएका छन् । भाई महेशका अनुसार घटना भएकै दिन साँझ ५ बजेको हाराहारीमा राजकुमार गुप्ता सहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । ८ जनाको संख्यामा पक्राउ गरिएका उनीहरु मध्ये एसपी पन्तकै दबाबमा राती ९ बजे राजकुमार सहितका ५ जनालाई छोडीएको थियो ।
एसपी पन्तको बिवादित छवि
२०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी गंगा पन्त देशका कार्यकारी प्रधानमन्त्रीदेखि आलंकारिक राष्ट्रपतिसम्मको नाम भजाउँछिन् । पूर्व एमाले नेताहरुसँग राम्रै उठबस रहेको बताउँने पन्त तत्कालीन एमाले र माओवादी एकता हुनु भन्दा अगाडि माओवादीको चर्को आलोचकका रुपमा चिनिन्थिन् ।
प्रहरी संगठनात्मक सिद्धान्तविरुद्धको अभिव्यक्ति दिएर उनी भद्धा चर्चामा रहने गर्छिन् । २०७३ सालमा प्रचण्ड नेपाली काँग्रेस सहितको समर्थनमा प्रधानमन्त्री थिए । नवराज सिलवाल र जय बहादुर चन्द प्रहरी महानिरिक्षकको दावेदार रहेको त्यो समयमा सिलवाललाई महानिरिक्षक नबनाई चन्दलाई बनाईकोमा आक्रोश पोख्दै पन्तले काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली नै दिएकी थिईन् । अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै पन्तले यस्तो लेखेकी थिईन् ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउँन तत्कालीन माओवादी र नेपाली काँग्रेसले कार्यगत एकता गरेका थिए । त्यो बेलामा पनि पन्तको टिप्पणी बिवादित थियो ।
२०७६ सालमा एसपी पन्तको रमाना चितवनमा भयो । बिवादित बनेकी उनले प्रचण्डकै गृह जिल्ला मात्र नभई उनकी छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिका समेत रहेको चितवन जिल्लामा उनले कसरी समन्वय गर्लिन् भनेर चासोको साथ हेरेका थिए । तर पन्तले चितवनको नेतृत्व लिन अस्विकार गरिन् ।
आईजीपी ठाकुर ज्ञवालीले उनलाई जनप्रतिनिधिहरुसँग सम्बन्ध सुधार गरेर जिल्लाको नेतृत्व गर्न निर्देशन दिएका थिए । तर पन्तले कसैलाई पनि नभेट्ने दम्भ मात्र देखाईनन् एकथरीले प्रचण्डलाई भेटेर चितवन जान सुझाव दिदा उनले प्रचण्ड कोहो र मैले भेट्नु भन्ने प्रति प्रश्न गरेको चर्चा भएपछि उनको अझ चर्को आलोचना भएको थियो ।
केही दिन अगाडि मात्र प्रहरीले पर्सामा भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको वीरगंज महानगरपालिका वडा नं. ५ रेशमकोठी स्थित गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामत गरेको थियो । एक किलो दरका बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा र सानो १०० ग्राम दरका १० वटा बरामत गरिएपनि प्रहरीले तस्करहरु कसैलाई पनि पक्राउ गर्न सकेन । यसमा पनि एसपी पन्तको नै सेटिङ रहेको आशंका धेरैले गरेका छन् ।
एसपी पन्तले पछिल्लो समय वीरगंजदेखि भारतीय तस्करहरुसँग मिलेर स्थानीय सर्वसाधारणलाई धम्की दिने गरेको आरोप स्थानीयहरुले लगाउँने गरेका छन् । कुनै सर्वसाधारणले भेटेर समस्या राख्न खोज्दा समेत पन्तले थुन्दिन्छु भनेर आतंकित पार्ने गरेको नाम नभन्ने शर्तमा एक पीडितले बताए ।
प्रतिक्रिया