हेटाैँडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् ।
आज शुक्रबार मकवानपुरकाे पदमपाेखरी प्रहरी चौकीकाे उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए । मन्त्री श्रेष्ठले अहिलेकाे प्रहरीकाे क्षमतालाई गुणात्मक ढगले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री श्रेष्ठले वाग्मती प्रदेशका प्रहरीहरूलाई अत्याधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।
“हाम्रो देशका प्रहरीहरूलाई नागरिकमैत्री बनाउने कुरामा लागिरहेका छौँ । तर, एउटा हातले मात्र ताली बज्दैन । नागरिकहरू पनि प्रहरीमैत्री बन्न सक्नुपर्छ,” उनले भने ।
सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने भनि गरेको प्रतिबद्धता जनाएको थियो । साे प्रतिवद्धता अनुसार प्रहरी समायाेजन नहुने भएपछि मन्त्री श्रैष्ठले नेपाल सरकारविरुद्ध सम्मानित सर्वाेच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिए ।
प्रतिक्रिया