काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेशको जारी अधिवेशनमा आज उम्मेदवारी दर्ता हुँदै छ ।
निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ ।
अन्तिम नामावली ९ बजे प्रकाशित हुने बताइएको छ। त्यस्तै, बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ ।
अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
बिहीबार ९भोलि० बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ। समूह विभाजन गरेर गरिएको छलफलपछि प्रतिवदेनबारे समूहका नेताहरूले धारणा राखेका थिए ।
एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया