काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएका सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । आज (बिहीबार) साँझ श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको बताए ।
यसअघि बिहीबार दिउँसो अध्यक्षका आकांक्षी केशवराज पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका थिए । श्रेष्ठ र पाण्डेले उम्मेदवारी फिर्ता गरेसँगै अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
संशोधित एमाले बाग्मतीको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ८ बजे मतदानको समय तोकिएको छ ।
















प्रतिक्रिया