काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीबाट नेकपा एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) बमोजिम २२ भदौमा दोस्रो पटक मुख्यमन्त्री बनेका उनले विश्वासको मत नपाउने पक्का भएपछि आज (शनिबार) राजीनामा दिए ।
कार्कीको राजीनामासँगै अब धारा १६८ (५) बमोजिको सरकार गठनको बाटो खुलेको छ । यस धाराअनुसार आफ्नो पक्षमा बहुमत रहेको स्पष्ट आधारसहित प्रदेशसभाका कुनै पनि सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्छन् । प्रदेश सरकार बन्न सक्ने यो अन्तिम विकल्पमा पुगेपछि गठबन्धनमा रहेका नेताहरू तँछाडमछाड गर्दै मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्न थालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरू मुख्यमन्त्रीका दाबेदार छन् ।
प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसबाट कांग्रेसभित्र मुख्यमन्त्री को बन्ने भन्नेमा ठूलो किचलो छ । यसअघि दुई पटक कोशीको मुख्यमन्त्री नियुक्र भई विश्वास सिद्ध गर्न नसकेका उद्धव थापा नै मुख्य दाबेदार हुन् । तर उनी अब मुख्यमन्त्री बन्न नहुने आजाव कांग्रेसभित्रै छ । उनी कृष्ण सिटौला निकटका नेता हुन् ।
शेखर कोइराला समूहका नेता केदार कार्की पनि कांग्रेसभित्रका मुख्यमन्त्रीका दाबेदार हुन् । हिमाल कार्की पनि मुख्यमन्त्रीको दाबेरीको लाइनमा छन् । कांग्रेस कोशी प्रदेश संसदीय दलका उप नेता कार्की पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् ।
यस्तै विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली समेत मुख्यमन्त्री बन्ने दौडमा रहेका छन् । उनी पनि यसका लागि लविङ्गमा लागेका छन् ।
माओवादीको नेतृत्वमा सरकार बनेको अवस्थामा राप्रपाले सघाउने निश्चितप्रायः छ । झापाको राजनीतिका कारण कांग्रेस–राप्रपा सम्बन्ध ठिकठाक नरहेकाले माओवादीको नेतृत्वमा नयाँ सरकार बने राप्रपासहितको सर्थनमा सुविधाजनक बहुमतसहितको सरकार बन्ने र प्रदेशले स्थायीत्व पाउने माओवादी नेताहरूको तर्क छ ।
यस्तै माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनले मध्यावधि रोक्न माओवादीको नेतृत्वमा सरकार गठन हुनु पर्ने बताएका छन् । माओवादी गठबन्धनभित्रको दोस्रो र प्रदेशसभाको तेस्रो ठूलो दल हो । प्रदेशसभामा माओवादीका १३ सांसद छन् ।
माओवादीको नेतृत्वमा सरकार बनेको अवस्थामा राप्रपाले सघाउने निश्चितप्रायः छ । झापाको राजनीतिका कारण कांग्रेस–राप्रपा सम्बन्ध ठिकठाक नरहेकाले माओवादीको नेतृत्वमा नयाँ सरकार बने राप्रपासहितको सर्थनमा सुविधाजनक बहुमतसहितको सरकार बन्ने र प्रदेशले स्थायीत्व पाउने माओवादी नेताहरूको तर्क छ । कांग्रेस–राप्रपा द्वन्द्वकै कारण यसअिघ सिटौलानिकट थापाले विश्वासको मत दिन राप्रपा तयार नभएको विश्लेकषकहरू बताउँछन् ।
एमालेले समेत १६८ काे (५) बमाेजिम पुन: मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेकाे छ ।
संविधानकाे १६८ काे (५) सरकार बन्न सक्ने अन्तिम विकल्प हाे । याे धारा अनुसार नियुक्त मुख्यमन्त्रीले पनि अब ३० दिनभित्रमा प्रदेसभाबाट विश्वास सिद्ध गर्नुपर्छ । विश्वास जित्न नसकेकाे खण्डमा प्रदेशसभा स्वत: विघटन भई प्रदेश प्रमुखले मध्यावधि निर्वाचनकाे घाेषणा गर्नेछन् । तर तत्काल मध्यावधिमा जान कुनै पनि दलहरूले चाहेकाे छैनन् । यस्ता अवस्थामा अब बन्ने नयाँ सरकारले प्रदेलाई बाँकी कार्यकालसम्म डाेर्याउने विश्लेषण विश्लेषकहरूकाे छ ।
याे पनि…
कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा, १६८ (५) बमोजिमको सरकार बन्ने बाटो खुल्यो




















प्रतिक्रिया