Logo

स्वास्थ्य

काजु खानुका फाइदा यस्ता छन्



ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन् । तर महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् ।

दैनिक २र३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ । काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु स्

१। बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।
२। काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।
३। युरीक एसिडमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक एसिड फर्मेसन हुँदैन ।
४। नियमित काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

५। नियमित बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ ।
६। काजुको नियमित सेवनले हड्डी तथा दाँत बलियो बनाउँछ ।
७। काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।
८। काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  १ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।