Logo

प्रमुख समाचार

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीका-टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भ्रामक समाचार एवम् टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार २०:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।