Logo

राजनीति

बालेनले भने- ‘नेताहरूले देश बेच्न खोजे, कामपा विक्रीमा छैन’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन् । मेयर शाहले बुधबार साँझ सामाजिक सञ्जालमार्फत् एक स्टाटस शेयर गर्दै नेताहरुले देश बेच्न खोजे पनि काठमाडौं महानगर बिक्रीमा नरहेको बताएका हुन् ।

१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताउँदै मेयर शाहले आफूले कसैको अपमान नगरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले यस्तो स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन्, “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।”

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार २०:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।