काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार टिकटक बन्द गरेकोबारे टिकटक मुख्यालयलाई पनि खबर गरिएको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।





















प्रतिक्रिया