Logo

राजनीति

दुर्गा प्रसाईंको जनप्रदर्शन : उपत्यकाका यी रुट हुँदै बल्खु पुग्नेछन् सहभागीहरू



काठमाडौं । राजतन्त्र फर्काउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार गर्न लागेका कार्यक्रममा सहभागी हुनेहरूका लागि रुट ताेकिएकाे गरिएको छ ।

जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी काटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ ।

प्रसाईंले कार्क्रम गर्ने भनेकै दिन युवा संघले पनि प्रदर्शन गर्ने भएपछि दुई पक्षबीच हुन सक्ने झडपलाई मध्यनजर गर्दै काठमाडाैं प्रशासनले बल्खुमा कार्यक्रम गर्न अनुमति दिएकाे हाे । युवा संघका लागि कार्यक्रमस्थल तीनकुने ताेकिएकाे छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार २१:२०   :  बजे

483
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।