काठमाडौं । त्रिभुवन विमानस्थलबाट १२५ जना यात्रु लिएर भारतको नयाँ दिल्लीका लागि उडेको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको हाे ।
एआई २१६ उडानको उक्त विमान काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको थियाे । विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो । आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको बताइएकाे छ ।





















प्रतिक्रिया