Logo

समाचार

१२५ यात्रु लिएर दिल्ली उडेको एयर इन्डियाको विमानमा समस्या, काठमाडौं नै फर्काइयाे



काठमाडौं । त्रिभुवन विमानस्थलबाट १२५ जना यात्रु लिएर भारतको नयाँ दिल्लीका लागि उडेको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको हाे ।

एआई २१६ उडानको उक्त विमान काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको थियाे । विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो । आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको बताइएकाे छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार २१:२६   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।