ललितपुर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा परेको पुनरावेदनको आदेश सुनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २२ जना प्रतिवादीमध्ये केहीको बारेमा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ भने केही अभियुक्तको विषयमा नयाँ फैसलाहरु भएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा भने न्यायधीशहरुको आदेश बाझिएको छ । उनको हकमा दुई न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् ।
तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् । अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् ।
अन्य प्रतिवादीको हकमा भने उच्च अदालत पाटनबाट धरौटी मागदेखि साधारण तारेखमा रिहासम्मको आदेश भएको छ ।





















प्रतिक्रिया