Logo

धर्म / संस्कृति

पशुपति क्षेत्र विकास काेषकाे निर्णयप्रति विश्व हिन्दु युवा संघकाे आपत्ति



काठमाडौं । विश्व हिन्दु युवा संघले पशुपति क्षेत्र विकास काेषकाे निर्णयप्रति आपत्ति जनाएकाे छ । काेषले श्रीपशुपतिनाथ क्षेत्रको कैलाश थाप्लामा दीप प्रज्वलन गर्न नदिने निर्णय गरेपछि त्यसप्रति आपत्ति जनाएकाे हाे ।

संघका अध्यक्ष सागर थापाले बुधबार विज्ञप्ति जारी गर्दै सनातन हिन्दु र बौद्ध परम्परा अनुसार गरिँदै आएको धार्मिक कार्य रोक्ने कथित धर्म विरोधी निर्णय गरिएकाे बताएका छन् । विज्ञप्तिमा भनिएकाे छ, ‘…सनातन हिन्दु र बौद्ध परम्परा अनुसार गरिँदै आएको धार्मिक कार्य रोक्ने कथित धर्म विरोधी निर्णयको घोर भत्सर्ना गर्दछौँ, कोषले परम्परा धर्म विरोधी निर्णय तत्काल खारेज नगरिए यहि २०८० मङ्गसिर २४ गते आईतवार त्रयोदशीका दिन कोषको अवरोध हटाउन संघ बाध्य हुनेछ । यसबाट पर्न जाने क्षतिको जिम्मेदार पनि कोष हुनेछ चेतना भया ।’

हेर्नुहाेस् विज्ञप्ति:–

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १६:४६   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।