Logo

राजनीति

एनसेल सेयर खरिद–बिक्रीविरुद्ध सशक्त खबरदारी गरौँ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलकाे सेयर खरिद–बिक्रीमा सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमै अनियमिता देखिएको भन्दै यसकाे सशक्त खबरदारीका गर्न आग्रह गरेका छन् । सामाजिक संजालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले सरकारले छानबिन समिति बनाउँदैमा नपुग्ने बताए ।

“एनसेल प्रकरणः समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन, सशक्त खबरदारी आवश्यक छ,” महामन्त्री थापाले लेखेका छन्, “एनसेलको खरिद–बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिन्छ ।”

उनले विभिन्न तहबाट एनसेल प्रकरणमा प्रश्न उठिसकेको भन्दै संसदीय समितिले पनि समग्र अनुसन्धान पुरा नहुन्जेल शेयर बिक्रीको प्रक्रिया रोक्न निर्देशन दिइसकेका उल्लेख गरेका छन् । कानुनको छित्र प्रयोग गरिएको पाइएको भन्दै प्रशासनिक वा राजनीतिक नेतृत्वको सहयोगकै कारण यस्तो कदम चालिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार २१:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।