Logo

राजनीति

अस्पताल तथा नर्सिङ होमहरुमा वास्तु शास्त्र कसरी मिलाउने ?



वास्तु शास्त्र आफैमा एउटा वस्तु विज्ञान हो । यो पृथ्वी, जल, तेज, वायु र आकाश बीचको समन्वय मिलाउँदै प्राकृतिक तत्वहरुको शक्ति सन्तुलन गर्ने विज्ञान हो । यो एउटा तरङ्ग र गुरुत्वाकर्षण एवम् चुम्बकीय धुर्व र चुम्बकीय दिशा, भौगोलिक दिशा, सौर्य उर्जा र पृथ्वीले सुर्यलाई घुम्ने दिशामा पनि आधारित हुन्छ । किनकि सुर्यको प्राकृतिक किरण भवनको सबै कोठामा कसरी पुर्‍याउने भन्ने कुरा पनि वास्तु शास्त्र विज्ञान हो । कुन दिशामा चुम्वकिय तरङ्ग कस्तो हुन्छ भन्ने कुरा पनि वास्तु शास्त्रको बिषय हो ।

प्रत्येक व्यत्तिले अस्पताल तथा नर्सिङ होम निर्माण एउटा महत्त्वपुर्ण र सेवा भवन निर्माणको रुपमा लिएको हुन्छ तर तेहि भवनमा वास्तु शास्त्र मिलाउन सकिएन भने सफलतामा नपुग्ने हो कि ? भन्ने वास्तुविद्हरुको अनुमान छ । त्यसैले हाम्रो निर्माण तथा पाटेसनलाई वास्तु शास्त्र अनुरुप मिलाउने हो कि भन्ने वास्तुविद्हरुको धारणा हो ।

आजभोलि ईन्जिनियर तथा इन्टेरीयर डिजाइनरहरुले आफ्नो निर्माण तालिका तथा नक्साहरु वास्तु शास्त्र अनुरुप नै बनाउने गरेको पाइन्छ । जसलाई भवन निर्माणको महत्त्वपुर्ण सफलताको रुपमा लिन सकिन्छ । त्यसैले वास्तु शास्त्र एउटा सजिलो र सहज निर्माण पनि हो । वास्तु शास्त्र, इन्टेरीयर डिजाइन र अस्पताल निर्माणको सुत्र पनि धेरै छ जुन हामी आगामी लेखमा चर्चा गर्नेछौं ।

अब कुरा गरौ अस्पताल तथा नर्सिङ होम निर्माण गर्दा के कस्ता वास्तु शास्त्र मिलाउने जसले गर्दा बिरामीलाई प्राकृतिकरूपमा छिटो निको हुने, मन शान्ति र सहज वातावरण मिल्नेछ ।

—अस्पताल तथा नर्सिङ होमको मुख्य गेट जहिले पनि पूर्वी–दक्षिण तथा दक्षिण– पूर्वी दिशातर्फ फर्काउनु उचित हुन्छ । जसले आवत जावतमा सहज हुनेछ ।

—अस्पताल तथा नर्सिङ होमको भित्री भागको बीचको भाग केही निर्माण नगरी खुल्ला नै राखेको राम्रो हुन्छ, जसमा सुर्यको प्रकाश र हावा प्राकृतिक किसिमले आउने हुनु पर्छ ।

—अस्पतालको आकस्मिक कक्ष अर्थात ईमर्जेन्सी वार्ड उत्तर—पश्चिम् तर्फ फर्काउनु राम्रो मानिन्छ। जसले बिरामीलाई छिटो निको हुन सहयोग गर्छ ।

—अस्पतालको शल्यक्रिया कक्ष अर्थात अप्रेसन थिएटर पश्चिम् तर्फ फर्काएर बनाउनु पर्छ । जसमा याद गर्नु पर्नेकुरा के छ भने अप्रेसन गर्ने डाक्टर र सहयोगीहरु पूर्व तथा उत्तर दिशा तर्फ फर्किनु पर्छ । शल्यक्रिया गर्ने बिरामीको टाउको दक्षिण दिशा तर्फ फर्काउनु राम्रो हुन्छ ।
—अस्पतालको शौचालयहरु भवनको उत्तर पश्चिम् भागमा बनाउनु पर्छ ।
—अस्पतालमा रहेको सि.टि इस्क्यान तथा म.आ.आइ. तथा इलेक्टि«कल सामानहरु भएको कोठा बनाउदा दक्षिण—पूर्व दिशाको छनोट गर्नु पर्छ र केही सानो किचेन बनाउने हो भने त्यहि भाग ठिक हुनेछ ।

— ओ.पि.डि कोठा तथा फार्मेसीहरु बनाउदा उत्तर—पश्चिम् तर्फ नै ठिक हुनेछ ।
—वार्डहरुको निर्माण तथा पाटेसन गर्दा उज्यालो प्राकृतिक सुर्यकोको किरण र हावा कोठामा छिर्ने गरि बिरामीको टाउको दक्षिण भाग फर्किने गरि बेड मिलाउनु पर्छ । जसले बिरामीलाई प्राकृतिक उर्जा प्रदान गर्छ ।
अन्ततः वास्तु शास्त्र दिशाको वैज्ञानिक अध्ययन हो यसलाई मान्छे र मान्छेसँग सम्बन्धित वस्तुको सन्तुलन पनि मानिन्छ । अर्को शब्दमा भन्नुपर्दा यो प्राकृतिक शक्ति र तत्व सन्तुलन पनि मानिन्छ । त्यसैले अस्पताल तथा नर्सिङ होम बनाउदा सकेसम्म मानिसको वस्तिदेखि केही मिटर मात्र टाढा बनाउदा राम्रो हुन्छ । किशोर फुयाल : बिद्यार्थी इन्टेरियर डिजाइनर, कान्तिपुर कलेज

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ९ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।