काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुक्रबार २९औं महानगर दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित भएका छन् । कार्यक्रममा उपत्यका साथै बाहिरका विभिन्न स्थानीय जनप्रतिनिधि, सेलिब्रेटी सहभागी छन् ।
धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा. सन्दुक रुइतलगायत पनि कार्यक्रममा पुगेका छन् । कार्यक्रममा महानगरपालिकाले समाजमा महत्वपूर्ण योगदान गर्नेहरुलाई कदर स्वरूप सम्मानसमेत गरेको छ ।
तस्बिरहरू:



















प्रतिक्रिया