तपाईँहरुले अस्ति भर्खरै पूर्व राजा ज्ञानेन्द्र शाह भक्तपुरको एक मन्दिर भ्रमण गर्दा नागरिकहरुको भीड देख्नुभएकै थियो होला।
त्यहाँ जयजयकार गरेको पनि भिडियोहरुमा हेर्नुभयो होला ।
‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, देखि ‘राजा आउ देश बचाउ’ भन्नेसम्मका नारा लगाएर केही मान्छेहरुको हुलले पूर्वराजा ज्ञानेन्द्र शाहको जयजयकार गरेको हामीले देख्यौं।
यस्ता जयजयकार ज्ञानेन्द्र शाह देशको कुनै ठाउँको भ्रमणमा निस्कदा सामान्यतयाः भइ नि रहन्छ।
राजाले पहिल्यैदेखि जयजयकार गर्ने चलन चलाएरै याे परम्पराकाे रुपमा रहिरहेकाे हाे ।
अहिले पनि केही व्यक्तिहरु गद्दी छाड्न बाध्य भएका पूर्वराजाकाे पनि जयजयकार गरिरहेका छन् ।
राजा महेन्द्रले देशको कुनै स्थानमा भ्रमण गर्दादेखिको वाहवाही देखेका ओलीले पूर्व राजा बीरेन्द्र, ज्ञानेन्द्रसम्मको वाहवाही देखेकै हुन्। पचाएकै हुन्। भलै उनलाई वाहवाही खाने हुटहुटी भने आइरहन्थ्यो। उनले पनि भारतले नेपालमा नाकाबन्दी लगाउँदा नेपालको पक्षबाट नझुकेको नेता भनेर एक पटक त वाहवाही खाएकै हुन्। तर पछिल्लो समय आलोचित भएका ओलीले मेयर बालेनको वाहवाही पक्कै पचाउनै सकेनन्। त्यही भएर उनी वाहवाहीको खोजीमा भौतारिरहेका छन्।
ठ्याक्कै त्यस्तै गरी काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेनले इन्द्रजात्राको दिन राजाकै शैलीमा जयजयकार खाए।
उनले बसन्तपुर क्षेत्रमा सवारीसाधान लैजान राष्ट्रपतिहरुलाई निषेध गरेकाले पनि होला, नागरिकहरुले बालेनको खुलेरै वाहवाही गरे।
त्यो खालको भीड र वाहवाही सायदै संविधान निर्माणपछि पहिलोपटक नेताहरुका अगाडि सुनिएकाे हाेला।
उनले त्यहाँ उपस्थित भएका राष्ट्रपतिलगायतका उच्च पदस्थ व्यक्तिहरुलाई हिनताबोध हुने गरी नै जयजयकार पाए।
त्यहाँ बालेनभन्दा माथिल्लो ओहदाका उपप्रधानमन्त्री, नारायणकाजी श्रेष्ठ, मन्त्री रञ्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराँतीलगायत पनि गएका थिए।
सिधा भाषामा भन्दा उनीहरु त्यहाँ हेरेको हेरै भए।
त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको भए के गर्थे होलान ?
हामी अहिले सोच्न मात्र सक्छौं र अक्कल काट्नसम्म सक्छौं।
उनी आफैँलाई सोधेपछि त्यसको केही उत्तर आउला। तर यत्ति भन्न चाहिँ सकिन्छ कि उनी आफ्नो वाहीवाही नभएको ठाउँमा सायदै बस्न रुचाउन्न थे होलान्।
‘रिफ्रेसमेन्ट’का लागि उनीहरूलाई यो एकदम सौहार्दपूर्ण समय भएको छ। सत्तामा पनि बस्न नपाएका ओलीसहितको जम्मो टोली पार्टीमा भएको लाखौं रुपैयाँ खर्च गरेर घुमफिर र रमाइलो गरिरहेका छन्।
राजा महेन्द्रले देशको कुनै स्थानमा भ्रमण गर्दादेखिको वाहवाही देखेका ओलीले पूर्व राजा बीरेन्द्र, ज्ञानेन्द्रसम्मको वाहवाही देखेकै हुन्।
पचाएकै हुन्। भलै उनलाई वाहवाही खाने हुटहुटी भने आइरहन्थ्यो।
उनले पनि भारतले नेपालमा नाकाबन्दी लगाउँदा नेपालको पक्षबाट नझुकेको नेता भनेर एक पटक त वाहवाही खाएकै हुन्।
तर पछिल्लो समय आलोचित भएका ओलीले मेयर बालेनको वाहवाही पक्कै पचाउनै सकेनन्। त्यही भएर उनी वाहवाहीको खोजीमा भौतारिरहेका छन्।
यसकै लागि अहिले उनी ज्यानले साथ दिए पनि नदिए पनि देशको मध्यपहाडी लोमार्गको भ्रमणमा निस्किएका छन्।
के नीति बनाउन निस्किएको हो त एमाले ?
अनौपचारिक रुपमा कुरा गरेका कतिपय नेताहरुसँग सोध्दा उनीहरुको नीति बनाउने कुनै तयारी छैन। त्यसका लागि न उनीहरुले कुनै डेटाहरु टिपेका छन्।
न कुनै ठाउँमा नागरिकहरुको रायहरु लिएका छन्।
उनीहरुले ठाउँठाउँमा केपी शर्मा ओलीका भाषण, त्यसपछि दोस्रो दर्जाका नेताहरुको भाषण नागरिकहरुलाई सुनाएका छन्। रमाइलो हेरेका छन्।
किनकी उनीहरुकै निर्देशनमा ठाउँ ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिदिने एमालेका संगठनहरु छन्। मिठा मिठा परिकार बनाएर भोजन गरेका छन्।
‘रिफ्रेसमेन्ट’का लागि उनीहरूलाई यो एकदम सौहार्दपूर्ण समय भएको छ। सत्तामा पनि बस्न नपाएका ओलीसहितको जम्मो टोली पार्टीमा भएको लाखौं रुपैयाँ खर्च गरेर घुमफिर र रमाइलो गरिरहेका छन्। ओली आफैँ र केही अरु नेताले ठाउँ ठाउँमा पिकनिकको जस्तो ‘टेस्ट’ आएको बताएकाले पनि त्यसको पुष्टि हुन्छ।
अझ कतिपय ठाउँमा ओली आफैँले भ्रमणका कारण आफूले दैनिक गर्नुपर्ने ‘एक्सर्साइज’ गर्नु नपरेको बताएकाले पनि त्यसको थप पुष्टि हुन्छ।
तपाईँहरुले ओली ‘रिफ्रेसमेन्ट’का लागि भ्रमणमा गएको भनिए पनि अरु एमालेका नेताहरु नीति बनाउन ओलीसँगै गएका होलान् भनेर भन्नसम्म सक्नुहुन्छ।
तर अरु नेताहरु ओलीलाई रिझाउन पछिपछि लागेको प्रष्ट बुझिन्छ।
यसका अलवा उनीहरुलाई पनि ‘बोरिङ’ त पक्कै ‘फिल’ भएको होला। उनीहरु पनि यो भ्रमणबाट ‘रिफ्रेसमेन्ट’ लिइरहेका छन्।
अतः यो उनीहरुको नागरिकप्रतिको दायित्वका लागि भएको भ्रमण पटक्कै होइन।
उनीहरुले नागरिकका आवश्यकता, चाहना र माग सम्बोधन गरेर नीति बनाउँछन् भनेर विश्वास मात्रै पनि गर्नुभयो भने तपाईँहरुलाई धोका नै हुनेछ।
भलै, धोकै भइदिवस् भन्ने मेरो चाहना छ।
के नयाँ नेतृत्व तयार गर्दैछन् त ओली ?
एमाले र माओवादीको एकता भएर नेकपा पार्टी बनेपछि एकपटक केपी शर्मा ओलीले ‘अब पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्छु’ भनेका थिए।
त्यसो भनेको पनि निक्कै समय भइसकेको छ।
ओलीले अहिलेको मध्यपहाडी लोकमार्गको भ्रमणमा दोस्रो दर्जाका नेतालाई ठाउँ, परिवेश बुझाएर नेतृत्व हस्तान्तर त गर्न खोजेका होइनन् ?
एमालेप्रति बफादार हुनुहुन्छ भने तपाईहरुले यसरी पनि ओलीको अहिलेको भ्रमणको बचाउ त गर्न सक्नुहुन्छ।
किनकी ओलीसँगै एमालेका केन्द्रिय पदाधिकारी पनि यो भ्रमणमा सँगै घुमफिर गरिरहेका छन्।
तर माथि भनिएको जस्तो ‘पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्छु’ भन्ने ओलीको बोलीमा रणनीति लुकेको थियो।
त्यो बोली तत्कालीन समयमा नेकपाका अर्का अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डलाई ‘साइज’मा ल्याउन ओलीले दिएको वाणीको अस्त्र थियो।
त्यसो भनेपछि आफूलाई नै नेकपाको प्रथम अध्यक्ष र प्रधानमन्त्री पनि प्रचण्डले दिनेछन् भन्ने ओलीको बुझाई थियो।
सामाजिक सञ्जालको ‘क्याम्पेन’बाट पुराना दलहरुले खासै मत पाउने अवस्था छैन। बरु सामाजिक सञ्जाल बाहिरको जनसंख्यालाई एमाले आफ्नो पार्टीका बफादार मतदाता बनाउन चाहन्छ।
किनकी ओली त पावर ‘एक्सर्साइज’ गरिरहन चाहन्छन्। ओली आफ्नो गुनगान र वाहवाही सबैले गरिरहुन् भन्ने चाहन्छन्।
अझ युवाको कुरा गर्नुहुन्छ भने ओली अहिले पनि ‘तिमीहरुभन्दा म बढी खट्छु, तिमीहरु आफूलाई के युवा भन्छौं ?, तिमीहरुको तुलनामा म युवा छु !’ भन्छन्। तर खटाईले युवा हुने भने होइन्।
यत्ति बुझेपछि भइहाल्यो, ओलीले सकुन्जेल नेतृत्व नै हस्तान्तरण गर्दैनन्। नयाँ नेतृत्वको त कल्पना मात्रै हो।
के त्यसो भए एमाले ०८४ को चुनावको तयारीमा जुटेको हो त ?
वास्तवमा नयाँ दलहरु तथा स्वतन्त्र व्यक्तिहरु राजनीतिमा आएपछि पुराना दलहरु छटपटिएकै छन्।
ओली मात्रै होइन, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवालगायतका दलका प्रमुखहरु राजनीतिमा भाग खोसिने भएकोमा त्राहि त्राहि छन्।

फेरि अपत्यारिलो तरिकाले नयाँ दलहरुले नागरिकको मत पाउनुले पुराना दलहरुलाई भोट जोगाइराख्न ठूलो चुनौती छ।
त्यही भोटको जोहो गर्ने एमालेको रणनीति चाहिँ अहिलेको अभियान पक्कै हो।
एमाले नयाँ भोट थपिएर आउनेमा विश्वास सायदै गर्दैन। बरु उसलाई भएका आफ्ना पार्टीका मतदाता कसरी जोगाउने भन्ने चिन्ता छ।
किनकी यहाँ पार्टीका नेताले मतदाता आफ्नै निजी सम्पत्तिजस्तो सोच्छन्। र, व्यवहार पनि त्यस्तै गर्छन्।
ओली भ्रमणबाट आफूलाई कुना कुन्दरामा पनि चिनून् भन्ने छाप छोड्न चाहन्छन्। उनी देशभरबाट आफूलाई वाहवाही गरुन् भन्ने चाहन्छन्। उनी पूर्व राजाको सम्मान बराबरको सम्मान आफू गएको ठाउँमा पाउँ भन्ने चाहना राख्छन्।
अहिले एमाले सत्तामा पनि छैन।
उसले सत्तामार्फत नागरिकहरुलाई तान्ने अवस्था पनि छैन।
अनि सँगै आएका नयाँ दलहरुले मिसन ०८४ सुरु गरिसकेका छन्।
एमालेले त्यही अभियान टपक्क टिपेको भने पक्कै हो।
उसलाई मात्र होइन, अरु पुराना दलहरुलाई पनि थाहा छ, आधा नेपालको जनशक्ति विदेशमा छ जो सामाजिक सञ्जालमा पोख्त छ।
सामाजिक सञ्जालको ‘क्याम्पेन’बाट पुराना दलहरुले खासै मत पाउने अवस्था छैन।
बरु सामाजिक सञ्जाल बाहिरको जनसंख्यालाई एमाले आफ्नो पार्टीका बफादार मतदाता बनाउन चाहन्छ।
यो अभियानबाट एमालेले त्यसमा चाहिँ केही सफलता पाउला । तर ग्यारेण्टी लिन भने सकिँदैन।
किनकी यहाँ भएका पुराना पुस्ताको मत पनि विदेशमा भएका नागरिकहरुले प्रभावित पारिदिन्छन्।
एमालेलाई अवसर
पूर्वदेखि पश्चिमसम्मं सडक यातायातको एउटै मार्गको रुपमा मध्यपहाडी लोकमार्गको निर्माण अहिले पनि भइरहेको छ। यो लोकमार्गमा पर्ने अधिकांश ठाउँहरुले नेपाल र नेपालीको पहिचान पनि दिन्छ।
नेपालीको संस्कृति, भाषा, पेशा, विकासका सम्भाव्यता अध्ययन गर्नका लागि यो लोकमार्ग आसपासका बासिन्दाको राय लिँदा सायदै देशका लागि उपर्युक्त नीति बनाउन सकिन्छ।
सताब्दी अघिका विचारहरु परिमार्जन गरेर अगाडि बढ्ने हिम्मत नभएका नेपालका पार्टीहरुले देशको विकास गर्न सक्ने सामथ्र्यमा भने सधैँ प्रश्न उठ्ने गर्छ।
यो लोकमार्गको आसपासमा कृषि, पर्यटन, उद्योगलगायत आर्थिक विकासका क्षेत्रहरुको अध्ययन र अनुसन्धान गरी नीति बनाउँदा देशकै लागि काम लाग्ने नीति बन्छ। ०६४/०६५ सालबाट सुरु भएको यो लोकमार्ग कोसी प्रदेशको छेउदेखि सुदूरपश्चिमसम्म पुगेको छ।
अर्थात नेपालको बीच भागको एक छेउबाट अर्को छेउ छोएको छ। यस क्षेत्रको प्रतिनिधित्व गर्दा देशकै प्रतिनिधित्व गर्ने सम्भावना छ। तर त्यसका लागि नागरिकका आवश्यकता, उनीहरुको राय, त्यस ठाउँमा गर्न सकिने विकासका सम्भावनाहरु र विकासका मोडेलहरुबारे छलफल र अध्ययन हुन आवश्यक छ।
एमालेलाई सुझाव
एमालेले यति तामझाम गरेर यो कार्यक्रम गर्नुभन्दा बरु देशमा पढेर केही गर्ने पर्खाइमा रहेका युवाहरुलाई यो क्षेत्रका नागरिकको आवश्यकता, चाहना, माग र सम्भाव्यताको अध्ययन गर्न ‘रिसर्च’ गर्ने टोली खटाएको भए त्यसले नीति निर्माणमा धेरै फाइदा हुन्थ्यो। पढेका युवाहरुको पढाइको उपयोगिता पनि हुन्थ्यो भने रोजगारीको अवसर पनि खुल्यो। देशको विकासको सम्भावना पनि हुन्थ्यो।
नागरिकहरुमा आशा पनि जाग्थ्यो र एमालेले त्यही आधारमा नीति बनाउँदा आउँदो चुनावमा मतदाता पनि पक्कै बढ्ने थिए। यो सुझाव एमालेले मात्रै लिनुपर्छ भन्ने छैन्।
अहिलेसम्म कुनै पार्टीले रिसर्चरहरु खटाएर पार्टी र देशका लागि नीतिहरु बनाएका छैनन्। देश विकासका आफ्नै मोडेलहरु हुन्छन्।
तर नेपालका अधिकांश पार्टीहरु विदेशी दार्शनिकहरुका नाम बेचेर पार्टी सञ्चालनमा छन्। सताब्दी अघिका विचारहरु परिमार्जन गरेर अगाडि बढ्ने हिम्मत नभएका नेपालका पार्टीहरुले देशको विकास गर्न सक्ने सामथ्र्यमा भने सधैँ प्रश्न उठ्ने गर्छ।
यो प्रश्नले उदाउँदै गरेका नयाँ राजनीतिक दलका नेताहरुलाई पनि लखेटिरहेको छ।
ओली के चाहन्छन् त ?
एकदम सकारात्मक दृष्टिकोणले हेर्ने हो भने ओलीको अहिलेको भ्रमण खटाईका हिसाबले साँच्चै गज्जव छ। तारिफ गर्न लायक छ। यसरी देशको नेतृत्व गर्नेहरुले ठाउँ ठाउँको भ्रमण गर्दा राम्रो र नागरिकप्रति उत्तरदायी भएको देखाउँछ।
ओलीको भ्रमणमा खटाईको दृष्टिकोणबाट हेर्दा यो काम सबै पार्टीले गर्नुपर्छ भन्ने लाग्छ। तर ओली यहाँ सकी–नसकी भ्रमणमा निस्किएका छन्। एक दिन मात्र गाडीमा हिँड्दा थङथिलो भइँन्छ। ओली र उनको टिम निक्कै दिन गाडीमा हिँडिसकेको छ।
यो मानेमा उनी अरु युवा पुस्ताका कार्यकर्ताका लागि प्रेरणाका स्रोत पक्कै हुन्। तर त्यसले मात्रै अर्थ राख्दैन। भ्रमणबाट ओलीले के चाहन्छन् त भन्ने मुख्य प्रश्न हो।

ओली भ्रमणबाट आफूलाई कुना कुन्दरामा पनि चिनून् भन्ने छाप छोड्न चाहन्छन्। उनी देशभरबाट आफूलाई वाहवाही गरुन् भन्ने चाहन्छन्।
उनी पूर्व राजाको सम्मान बराबरको सम्मान आफू गएको ठाउँमा पाउँ भन्ने चाहना राख्छन्। कतिपय उनका कार्यकर्ताले उनलाई अहिले पनि ‘राजनेता’को ट्याग लगाएका छन्।
उनी राजनेता मात्र होइन, पहिला राजालाई दिइने सम्मान बराबरको सम्मान लिने चाहनामा खटिरहेका छन्। ओलीको यो अभियान त्यसैको निरन्तरता हो।
उनी यो अभियानमा मात्रै रोकिँदैनन्। अझै उनका केही ‘उट्पट्याङ’ हेर्न बाँकी नै छ।
उनी आफूपछिको एमालेको नेतृत्व कस्तो पार्ने भन्दा पनि आफू हुञ्जेल एमालेमा र देशमा आफ्नो जयजयकार कसरी गराउन सफल हुने भन्ने ध्याउन्नमा छन्। तर उनको यो शैली देशका लागि मात्रै होइन, भविष्यमा एमाले पार्टीका लागि पनि घातक छ।
पार्टीमा पुस्तान्तरण नहुने हो भने अब पुराना पार्टीको अस्तित्व संकटमा रहेको प्रष्ट सन्देश अघिल्लो निर्वाचनले नै दिएको छ।
प्रतिक्रिया