Logo

अर्थ

हिमालयन रि इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २ गते अन्तिम दिन रहेको छ ।

हिजो आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेकोले कम्पनीले आज आईपीओ बिक्री बन्द गर्न लागेको हो । हिजो साँझ ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओमा १४ लाख ६० हजार १ सय १७ जना आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको हो ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ११:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।