Logo

राजनीति

कांग्रेसको गण्डकी सम्मेलन आज, देउवासहित नेताहरूले सम्बोधन गर्ने



काठमाडौं- नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज हुँदैछ। संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो।

मंगलबार पोखरा सभागृहमा हुने सम्मेलनको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनलाई कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

सम्मेलनमा प्रदेश कार्यसमितिसहित प्रदेशभरिका जिल्लाबाट पाँच सय जना प्रतिनिधिहरू सहभागी हुने प्रदेश सभापति शुक्रराज शर्माले बताए। कांग्रेसले केन्द्रमा महासमिति बैठक हुनुभन्दा अघि प्रदेश र जिल्लाहरूलाई सम्मेलन गरिसक्न परिपत्र गरेको छ। यसअघि लुम्बिनी प्रदेशले सबैभन्दा पहिले प्रदेश सम्मेलन आयोजना गरेको थियो।

कांग्रेसले आगामी फागुन ७ देखि ९ गतेसम्म महासमिति बैठक बोलाएको छ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ०८:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।