Logo

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरका लागि जम्मा ६ हजार कित्ताको लागि आवेदन पर्यो 



नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक लाख १० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेकोमा हिजो आइतबार खोलिएको शिलबन्दी बोलपत्रमा जम्मा ६ हजार कित्ताका लागि मात्र आवेदन परेको छ ।  यो आवेदन दर संस्थाले बिक्रीमा राखेको संस्थापक सेयर साढे ५ प्रतिशतभन्दा कम हो । 

संस्थाले १०० रुपैयाँ अंकित दरको सेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकेको थियो। कम्पनीको साधारण सेयरको बजार मूल्य अहिले १५४८ रुपैयाँ छ। कम्पनीको २६ लाख ४० हजार ४५३ कित्ता सेयर सूचीकृत छ। चुक्ता पुँजीको ४ प्रतिशत सेयर बिक्रीमा राखिएको हो। 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार, कम्पनीको सेयरमा जम्मा ६ जनाको मात्र आवेदन परेको छ। उनीहरुले ७२५ देखि ७३३ रुपैयाँसम्मका दरले आवेदन दिएका छन्।

उनीहरुले कुल ६ हजार कित्ता मात्रै सेयर खरिदका लागि आवेदन दिएका हुन्। बिक्री नभएको सेयर फेरि बिक्रीका लागि राखिने संस्थाले जनाएको छ ।  

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।