Logo

अर्थ

कालिका पावर कम्पनीको लाभांश घोषणा



काठमाडाैं । कालिका पावर कम्पनीको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको हाे ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले आगामी पुस २८ गते साधारणसभा बोलाएको छ । साथै कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते बुक क्लोजको मिति समेत तय गरेको छ।

यसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १२:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।