Logo

अर्थ

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा



काठमाडाैं। सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको हाे ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच, कम्पनीले अगामी पुस २८ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि आगामी पुस १७ गते बुक क्लोजको मिति समेत तय गरेको छ। कम्पनीले चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १२:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।