काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा अमृतभोग क्याटर्स कालिकास्थान काठमाडौँमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्नेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया