Logo

धर्म / संस्कृति

तमु ल्होसारले धर्म, संस्कृति र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नोे व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताए । यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उनले आज जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

सन्देशमा उनले तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताए ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १०:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।