Logo

आजको तस्बिर

काठमाडौँमा तमु ल्होसारको रौनक [तस्बिरहरू]



काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

तस्बिरहरू :

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १६:२०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।