Logo

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

१८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिइने कम्पनीले जनाएको छ । त्यस्तै सो बोनस सेयरमा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । लगानीकर्तालाई कुल ५.२६३२ प्रतिशत लाभांश कम्पनीले दिन लागेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ११:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।