काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । मंगलबार कम्पनीको सेयर डिम्याट खातामा आएको हो ।
शेयर खातामा आएसंगै यी सेयर नेप्सेमा सुचिकृत भएपछि सुचिकृत बह्येको भोलिपल्टबाट सेयर कारोबार गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति सेयर नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने छ ।
आर्थिक वर्ष ७८/७९ को वास्तविक विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीको एचआरएल (HRL) सिम्बलबाट कारोबार हुने छ ।
यस संगै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ ।




















प्रतिक्रिया