Logo

अर्थ

सेयर बजार ३१.६२ अंकले बढ्यो, कारोबार ५ अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज ३१.६२ अंकले बढेर २१२०.६२ को बिन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ को बिन्दुमा बन्द भएको छ ।

बजार बढ्दा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको सेयर मूल्य घटेको छ। तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूह बढेको छ भने २ वटा घटेको छ। आज जलविद्युत समूह सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.९४ प्रतिशतले घटेको छ।

आज ३१४ वटा सूचीकृत कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६.४० रुपैयाँमा किनबेच भएका छन्। आज १० वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज हिमालयन पावर पाटनर्स, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत, माथिल्लो मैलुङ्ग, त्रिशुली जलविद्युत गरी १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ, सोनापुरको २४ करोड ३ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्ट, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेलीको ११ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १५:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।