काठमाडौं। हर्षोल्लासका साथ थारु तथा मगर समूदायले माघी पर्व मनाइरहेको छ। माघी प्रत्येक बर्ष माघमा सबै काम सकेर नयाँ अन्न भित्र्याउने गरेसँगै नयाँ वर्षका रूपमा मनाउन थालिएको हो।
यस वर्ष पनि टुँडिखेलमा थारू तथा मगर समुदायले राष्ट्रिय माघी महोत्सव आयोजना गरिएको छ। यस अवसरमा वसन्तपुर र भृकुटि मण्डपबाट झाँकीसहित टुँडिखेलसम्म र्याली गरिएको छ।
माघी पर्वमा पाक्ने परिकार र पहिरन कार्यक्रमको मुख्य आकर्षण छ।राष्ट्रिय माघी महोत्सवमा प्रधानमन्त्रि पुष्पकमल दाहल प्रचण्डको समेत उस्थिति रहेको छ ।
आजको दिनमा माघी मनाउनेहरुले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ ९खाद्य परिकार० बनाएर दिने गर्दछन् ।
पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पीठोको एक परिकार), माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु (लोक बाजा) गाउने र नाचगान गर्ने प्रचलन छ ।
ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भनिन्छ।
तस्बिरहरू:












































प्रतिक्रिया