Logo

कर्पोरेट फोकस

एभरेष्ट बैंकका कार्यकारी अधिकृत खालिङको फेक ह्वाट्सएप खाताखोली दुरुपयोग



एभरेष्ट बैंकका कार्यकारी अधिकृत सुदेश खालिङको फेक ह्याट्सएप खाता खोली दुरुपयोग गरेको पाइएको छ।

९८०६६३४५७८ मोबाइल नम्बरबाट ह्वाट्सएप खाता खोली खालिङको तस्बिर राखेर दुरुपयोग गरेको पाइएको हो । उनले आफ्नो फेक ह्वाट्सएप खाता खोलेको पाइएकाले सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत बैंक सजग गराएको छ ।

‘सुदेश खालिङ नाम राखेर मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप बनाएर म्यासेज पठाएको र संवादसमेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरूपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभावहरू र सर्वसाधारणमा अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

यस्तै केही दिन पहिले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको थियो ।

गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरि उक्त खाता खोलेर विभिन्न व्यक्तिसँग संवादसमेत गरिएको राष्ट्रबैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। उनको ९८१४४८६४४९ मोबाइल नम्बरबाट उक्त खाता खोलिएको बैंकले जनाएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ०८:३८   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।