Logo

इन्स्योरेन्स

हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने, आईआरडीएआईले दियो स्वीकृति



काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो ।

हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुला भएको हो ।

स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।

त्यस्तै, भारतमा व्यवसाय गर्न स्वीकृति पाएसँगै कम्पनीले पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार २१:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।