Logo

अर्थ

नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले नेपाल सरकारलाई प्राप्ति तथा मर्जर र एफपीओबापतको कर बुझाएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विगतमा प्रिमियममा सेयर बिक्री गरेका कम्पनीहरू कर उठाउने घोषणा गरेको थियो । यस्तै, विगतमा मर्जर र प्राप्ति गरेबापतको कर समेत दाखिल गर्नुपर्ने व्यवस्था अर्थमन्त्री डा. प्रकाश शरण महतले गरेका थिए ।

सो व्यवस्था विरुद्ध १६ वटा बैंक तथा वित्तीय संस्था सर्वोच्च अदालत पुगेका थिए । अदालतले सरकारको निर्णय सदर गरेसँगै नेपाल लाइफ इन्स्योरेन्सले राज्य कोषमा १ अर्ब २ करोड ६७ लाख रुपैयाँ दाखिल गरेको थियो । सरकारलाई कर बुझाएपछि गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसक्ने स्थितिमा कम्पनी पुगेको हो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १२:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।