Logo

अर्थ

घट्यो सिटिजन्स बैंकको नाफा



काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिममिटेडको नाफा ६.९६ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.९६ प्रतिशतले घटेको हो।

बैंकले ७८ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ८४ करोड १३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। बैंकले २ अर्ब ८३ करोड ९८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो आम्दानी गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.२१ प्रतिशतले घटेको हो।

बैंकमा निक्षेप र कर्जा प्रवाह भने बढेको छ। यो अवधिमा बैंकको कर्जा प्रवाह ६.०६ प्रतिशत र बैंकमा निक्षेप ४.१३ प्रतिशतले बढेको छ। बैंकमा १ खर्ब ७५ अर्ब ८० करोड ८० लाख ७३ हजार रुपैयाँ निक्षेप रहेको छ। बैंकले १ खर्ब ४८ अर्ब ३० करोड ४१ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको खराब कर्जा बढेर ४.०७ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ११.०२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४६.२० रुपैयाँ रहेको छ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ०७:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।