सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ ।
बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए । ‘अब दिउँसो ४ बजेबाट मतगणना हुन्छ । नतिजा पनि आज नै आउँछ’, सहायक निर्वाचन अधिकृत रावल बताए ।
उनका अनुसार ७९ वटा पालिका रहेको कर्णालीमा १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन् ।
कर्णालीमा दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।




















प्रतिक्रिया