Logo

इन्स्योरेन्स

सिटिजन्स लाइफको नाफामा सामान्य वृद्धि



चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स लाइफ इन्स्योरेन्सले १२ करोड ३६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.७३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १२ करोड ३ लाख थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.६० रुपैयाँ, पीई रेसियो ७१.७२ र प्रति शेयर नेट वर्थ १८१.१३ रहेको छ । यस अवधिमा कम्पनीले १६ अर्ब १० करोड २७ लाख रुपैयाँ दिर्घकालिन लगानी गरेको छ भने ६५ करोड ३२ रुपैयाँ अल्पकालिन लगानी गरेको छ ।

कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७५ करोड रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार १३:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।