Logo

राजनीति

कांग्रेस नेता कोइरालालाई प्रतिनिधिका रूपमा सप्तरी खटाइयो



जनकपुर । नेपाली कांग्रेसका नेता रविन चन्द्र कोइरालालाई सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क)मा प्रतिनिधिका रूपमा खटाउने निर्णय गरेको छ।

कांग्रेसले २०८० माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ समुदायमा जाऔं, जनताका कुरा सुनौं अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही अनुरूप कांग्रेस मधेश प्रदेश कार्यालयले ६४ ओटा प्रदेश सभा क्षेत्रमा प्रदेश प्रतिनिधि खटाएको थियो। आज त्रुटिपूर्ण प्रेस विज्ञप्ति जारी भएको भन्दै नेपाली कांग्रेस मधेस प्रदेश सदस्य कोइरालालाई सप्तरी क्षेत्र १ (क) मा प्रतिनिधिको रूपमा खटाइएको जनाएको हो।

नेता शेखर कोइराला निकट नेता रूपमा चिनिने कोइराला मधेस प्रदेशमा चर्चित युवाको रूपमा परिचित छन्।

विगतमा विभिन्न कार्यक्रममा खटाइने गरिएको लिस्टमा कोइरालाको नाम हटाई सर्लाही २ (ख) मा बजरंग यादवलाई राखी हुवहु अन्य सदस्यलाई पुरानै प्रदेस सभा क्षेत्रको जिम्मेवारी दिएको थियो। तर, माघ १४ गते बिहानै नयाँ विज्ञप्ति जारी गर्दै मधेश प्रदेश कार्यालयले सो निर्णय परिवर्तन गरेको हो।

कोइरालामाथि कार्यसमितिको बैठकमा डा. शेखरको विषयमा ‘नोट अफ डिसेन्ट’ दिनेमा प्रमुख कारकको रूपमा रहेकोले यो राजनीतिक आक्रमण गर्न खोजिएको मधेश प्रदेश कार्यसमितिका केही सदस्यले बताएका छन्।

केही समयअघि अत्यन्त निकट मानिएका मधेश प्रदेश सभापति कृष्ण यादव र सदस्य कोइराला बीच ठूलो राजनीतिक मतभेद भएको थियो। प्रदेश सभापति यादव शेर बहादुर निकट नेता हुन्।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १७:२१   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।