Logo

अर्थ

सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया नियुक्त



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।

माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

आइतबार अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १२:३२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।