Logo

कोशी प्रदेश

जबर्जस्ती करणी गर्ने तीन पक्राउ



मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा यही कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका–३ निवासी सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै सोही दिन दिउँसो करिब ३ः३० मा मोरङको ग्रामथान गाउँपालिका–२ निवासी ४० वर्षीय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले आज जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।