Logo

अर्थ

एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ ।

जसमा बोनस सेयर बापत ७.७५ प्रतिशत (२४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ) र कर प्रयोजन बापत ०.७५ प्रतिशत (१ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ) वितरणपछि कम्पनीको कूल चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार ११:४७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।