Logo

प्रमुख समाचार

रोकिएको एमाले धादिङ अधिवेशन १ फागुनबाट सुरु हुने



काठमाडौं । प्रतिनिधि विवादका कारण प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचनामार्फत जनाएका छन् ।

गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो । विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट बोलाएर छलफल गरेका थिए । छलफलपछि प्रतिनिधि छनोटमाथि केन्द्रीय संगठन विभागले अनुसन्धान गरेर बन्द सत्र सुरु गर्ने सहमति जुटेको थियो ।

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १७:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।