Logo

प्रमुख समाचार

देशमा भ्रष्टाचार र लुटमात्र अघि बढेको छ : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा राप्रपाका तर्फबाट धारणा राख्दै अध्यक्षसमेत रहेका लिङ्देनले कयौं सन्दर्भमा देश पछाडि सरिराखेको दाबी गरे।

‘भ्रष्टाचार र लुटमा मात्रै अगाडि बढिराखेको छ। भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर खोज्नुपर्ने अवस्थामा देश छ। तर सरकार सुशासन र प्रगतिका कुरा गर्छ,’ उनले भने।

गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको उनको भनाइ छ। एनसेल, टेरामक्स लगायतमा अनियमितता भएको उनले बताए।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १४:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।