Logo

राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिए लगत्तै पार्टी पदाधिकारी बैठक बस्ने भएको छ ।

आजै ४ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने विधान सम्मेलनका विषयमा छलफल गर्ने जनाइएको छ ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा माओवादीले चार महिना रुपान्तरण अभियानको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : माघ २९, २०८० सोमबार  ३ : ४० बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।