विश्वव्यापी फैलिएको कोरोनाको असर नेपालको ट्याकिङ क्षेत्रमा अछुतो रहन सकेन । कोभिड–१९ यति लामो समयसम्म लम्बिन्छ र विदेशीहरु एकाएक आउनै ठप्पै हुन्छ भनेर कहिल्यै कसैले सोचेको पनि थिएन होला !
यस बर्ष त अझै नेपालले “भ्रमण वर्ष २०२०” पनि मनाउने योजना बनाएको थियो, जसअनुसार लभगभ २० लाख पर्यटकहरु भित्र्याउने लक्ष्य रहेको थियो भने व्यावसायीले पनि सोही अनुसार तयारी गरिरहेका थिए । यसर्थमा यसपालि पर्यटनसँग आबद्ध सबैले भ्याई नभ्याई हुने आकंलन थियो ।
तर कोभिडको कारण ठूला व्यावसायीहरुमात्र हैन ‘टुरिष्ट गाइड’ समेत अन्योलमा परिरहेका छन् । अहिले यो अक्टोबर सीजनमा पर्यटकलाई घुमाउन हिँड्न पर्ने बेला यसरी घरमा अड्केर बस्नुपरेको छ। ‘गत साल यो बेला मा आजकै दिन सगरमाथा आधार शिविरमा थिए १५ जना बिदेशी पर्यटकसँग रमाईलो गर्दै थियौ । यो कोरोनाले गर्दा मेरो जीवनको आर्थिक क्षेत्रमा मात्रै नभई सम्पूर्णमा धेरै नै असर परेको छ । अहिले ट्रेकिङ कम्पनीका मालिकहरु घरमा छन् , फोन गरेर सोध्यो काम छैन सटर लगाएर बस्नुपरेको छ ।’ ‘यो कोरोना कहरमा सबैभन्दा बढी टुरिजम सेक्टरलाई असर परेको छ जस्तो लाग्छ, देशको लागि पनि अर्बो अर्ब घाटा भएको छ, झन् यो वर्ष त भ्रमण वर्षको त्यत्रो लक्ष्य थियो देशको । साह्रै घाटा भयो देशलाई अनि हामी जस्ता काम गरेर खानेहरुलाई !’उनी भन्छन् ।
एक युवक भन्छन् सुरुका दिनहरुमा म पोर्टरको रुपमा यो पेशामा छिरेको थिए । सुरुमा १ वर्ष धेरै दुःख भयो पछि भाषा र तालिम साथै केहि सीप सिकेपछि अलि राम्रो हुन थाल्यो । अहिले काठमाडौंको ठमेलमा रहेको ट्रेकिङ प्लानानर मा गाइडको रूपमा काम गरिराखेको छु । कोरोना भाइरसले गर्दा काम मात्र के भनु सारा ब्यबसायहरु पूरै ठप्प भएको छ । मेरो त आयस्रोत पनि यही ट्रेकिङ मात्रै थियो। काम हुँदा ट्रेकिङमा त पैसा राम्रै कमाउँथें, विदेशीहरुलाई घुमाउँदाखेरि आफ्नो खर्च हुन्थेन, फेरि घुम्न पनि पाइन्थ्यो, नेपालको धेरैजसो पहाडी क्षेत्र गाइड भएर घुमाउदै घुमिसकेको पनि छु ।’
‘विगतका केहि वर्षदेखि काठमाडौंमा डेरा गरि बस्छु । काठमाडौंमा भाडामा बसेर,आफुले पढ्न, घुम्न र खाजा खानाको लागि खर्च सबै पुगिराखेको थियो । यो पेशामा लागेर मैले धेरै देशी तथा विदेशी मान्छेसित परिचित हुने अवसर पनि पाएँ । मलाई मेरो पेशासँग कुनै गुनासो थिएन । सबै कुराहरु सामान्य रुपमा चलिरहेको थियो तर यही जीवनकालमा यस्तो पनि भोग्नुपर्ने रहेछ भनेर कहिल्यै लागेको थिएन । ०७२ सालको भुकम्प पछि बिस्तारै सक्रिय हुन लागेको नेपालको पर्यटन ०७६ सालमा आएर कोरोना महामारीले उठ्ने नसक्ने गरेर सुताइदिएको छ ।’
‘सीजनमा काम हुँदा लाखौं कमाईन्थ्यो । हाम्रो कामको अन्य जस्तो महिनामा तलब आउने भन्ने हुन्न । आफूले जति हिँड्यो जति काम गर्न सक्यो त्यो हिसाबले अन्तिम दिनमा तलब पाइन्छ । काम नभएको दिन केही कमाइ हुन्न, साधारण भाषामा भन्नु पर्दा दिनगन्ती गरेजस्तै हुने हो तर पनि राम्रो नै थियो । मले काम गर्ने कम्पनि बाट २०२० मा एउटा ट्रेक गरेको थिए, त्यसपछि कोरोना कहर र लकडाउन ले गर्दा सबै बन्द भयो, अझै कहिले सम्म बन्द हुन्छ तह छैन । अब त अर्को साल पनि ट्रेकिङ सुचारु हुन्छ कि हुन्न भनेर अन्योलमा छु । लगभग एघार महिना त यसै बित्न लागिसक्यो कोरोन सुरु भएको विश्वमा भने नेपालमा नि लगभग ८र९ महिना हुन लाग्यो, स्थिति अझ सामान्य हुन सकको छैन । यसले गर्दा जीवन नै नराम्रो भएको जस्तो लागेको छ । सरकारले बिदेशी आगमन खुल्ला त गरेको छ तर कस्तो कस्तो सरकारनै अलमल हुने खालको जस्तो, घुम्न आउने मान्छे आएर क्वारेन्टाइन बस्छन् जस्तो मलाई लाग्दैन ।’
‘अब त सरकारले कोरोना बिरामीको पनि उपचारबाट पनि हात झिकिसकेको छ । वास्तविक पीडितले कहाँबाट पैसा लिएर उपचार गर्नु ? विभिन्न ठाउँबाट सहयोग आएको छ होला भित्र भित्रै सरकारले पनि हाम्रो फिल्डमा केही गरिदिओस् भन्ने लागेको छ । पर्यटन व्यबसायीहरुको सस्था ुटान,एनएमएु हरु थुप्रै कहाँ के गर्दै होलान यतिबेला? वास्तविक पीडितलाई पहिचान गरेर राहत दिए हुन्थ्यो । पोर्टरहरु र गाइडहरुलाई त धेरै गाह्रो भैरहेको छ, चाडबाड आयो दशैँ गयो, तिहार आउदै छ के गर्ने होला?कसो गर्ने होला, कम्पनि साहुहरुको त टन्नै बचत छ होला ? कि यत्रो दिनको बन्दले साहुहरुकोपनि हाल पनि बेहाल बनाइसक्यो थाहा छैन । हाम्रो भनेको कमाउँदै खर्च गर्ने हो, बचत गर्न गाह्रो हुन्छ ।’
‘नेपालमा धेरै पर्यटक यही साल भ्रमण वर्षमा आउने अनुमान थियो । मनभरि धेरै पिर छ, तैपनि मन दह्रो बनाउनै पर्यो,आत्तिएर हुन्न रहेछ, हुने भए म जस्ता थुप्रै मान्छे हरु यति बेला मारिसक्थे होला आतिएर मात्र फेरि अब स्थिति सबै सामान्य हुन्छ कि भन्ने लागेको छ । लगभग ६ महिना लामो लकडाउन अन्त्य भएको छ, मानिस हरु बाहिर देखा पर्न थालेका छन्, सरकार ले भाका सार्दै फ्लाइट सारेको छ । मङ्सिर सुरुसँगै खुल्छ र आउलान् भन्ने आश लागेको छ हेरुम के हुन्छ । आज भोलि बिगत एक महिना देखि अनामंनगरको एक अफिसमा काम गर्दै छु । पुराना काम हरुको धेरै याद आउछ ,घुमेको, हिडेको अब कोरोना लाई सधैको लागि बाई बाई गर्न मन लागेको छ र छिट्टै ति दिनहरुमा फर्किने आशा छ।’
प्रतिक्रिया