काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रतिवेदनमा अझै सहमति जुटेको छैन ।
महामन्त्री गगनले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने सङ्कल्प गर्नुपर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ ।
यसमा सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका छन् । यसपछि छलफलका लागि महामन्त्री गगन आफैँ देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।
सभापति देउवाले उक्त प्रस्ताव हटाउन चाहेका छन् भने महामन्त्री थापाले नहटाउने अडानमा हुँदा प्रतिवेदनमा सहमति जुट्न सकेको छैन ।
कांग्रेसको महासमितिको बैठक आजदेखि नै सुरु हुँदैछ ।
प्रतिक्रिया