Logo

राजनीति

एमालेले संसद् बैठक अवरोध गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आइतबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ ।

बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अवरोध गरिरहेको छ ।

प्रतिनिधिसभाको बैठक आइतबार ११ बजे बस्दै छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  १० : ५२ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।