Logo

प्रमुख समाचार

इलाम २ र बझाङ १ को उपनिर्वाचन वैशाख तेस्रो साता हुने



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तय गर्ने आयोग पदाधिकारीको आइतबार बैठक बस्दैछ ।

वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ । त्यसैले आयोगले तेस्रो साता तय गर्न लागेको हो ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ । यसैगरी बझाङ प्रदेशसभा-१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो ।

आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ११ : ०८ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।