Logo

प्रमुख समाचार

चार मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीको प्रतिनिधिसभामा अवरोध



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले बैठक बसिरहेको हो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन्।

त्यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

आज पनि प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी तीन दलले अवरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विवादमा परेका चार मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरेका हुन्।

सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध बैठक सञ्चालन गर्न नसकिने प्रतिपक्षी दलले अडान राखेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:३५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।