Logo

प्रमुख समाचार

मतदाता नामावली दर्ता स्थगित



काठमाडौं । निर्वाचन आयोगले उपनिर्वचनका लागि मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम रोकेको छ । आयोगको आइतबार बसेको बैठकले अर्को व्‍यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरिएको हो ।

उपसचिव एवम् प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले आइतबार निर्णय गरेको जानकारी दिए ।

आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ ।

इलाम क्षेत्र-२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ३ : ५५ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।